🎧 Radio Namaste



बालबिवाह न्यूनीकरण तथा महिला प्रजनन स्वस्थ्य सम्बन्धि कार्यक्रम सम्पन्न

अस्मिता नेपाली
दाङ, २९ फागुन
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मा “बालबिवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य ” सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको सहयोगमा सम्पन्न भएको कार्यक्रममा सहभागी किशोरी तथा महिलाको संख्या ४५ भन्दा धेरै रहेको थियो। केन्द्रका कार्यबाहक अध्यक्ष अस्मिता नेपालीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न .४ का वडा अध्यक्ष तुल्सी थापा मगर को प्रमुख उपस्थितिमा “बालबिवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य ” सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम भएको हो ।

कार्यक्रमका अध्यक्ष नेपालीले सोही कार्यक्रम तुलसीपुर उपमहानगरपालिका , दङ्गीशरण गाउँपालीका , बबई गाउँपालिका र शान्तिनगर गाउँपालीका का विभिन्न वडाहरुमा गर्ने समेत जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रशिक्षक को रुपमा निर्मल नेपाली , बालबालिका तथा महिला विकास शाखामा कार्यरत माया श्रेष्ठ ,तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका बिमल केसि र तुलसीपुर वडा न. ४ कि स्वास्थ चौकीमा कार्यरत अनमी कोकिला गैरेले प्रशिक्षण दिनुभएको थियो । सहायता केन्द्र नेपालका काेषाध्यक्ष दुबिसरा वलिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायता केन्द्र नेपालको सचीव मुना बिकले गर्नु भएको थियो।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर