🎧 Radio Namaste



लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

यस अघिका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई सरकारले नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गर्ने निर्णय गरेको सरकार

बिज्ञापन

का प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

नेपाल राष्ट्र बैंक ऐनको दफा २५ मा नेपाल सरकारले गभर्नरको कार्यकाल सकिनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गरेर सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने प्रावधान छ । तर, सरकारले १० चैतमा मात्रै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा प्रा. डा. विश्वनाथ पौडेल र विजयनाथ भट्टराई सदस्य रहेको सिफारिस समिति गठन गर्‍यो ।

त्यसअघि नै अर्थ मन्त्रालय मातहत पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्डमा संशोधन गरेर ६५ वर्षमाथिका व्यक्ति पनि गभर्नरमा नियुक्त हुन सक्ने व्यवस्था गरेको थियो । त्यसपछि कुन चाहिँ ज्येष्ठ नागरिकलाई सरकारले गभर्नर बनाउने हो भन्ने शंका आए ।

बिज्ञापन

नवनियुक्त गभर्नर प्रा. डा. पौडेललाई केन्द्रीय बैंकको विश्वसनीयता फिर्ता ल्याउने मात्रै जिम्मेवारी छैन, बैंकिङ क्षेत्रलाई ट्र्याकमा ल्याउने र अर्थतन्त्रलाई चलायमान बनाउने लगायत अनेक कामले कुरिरहेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर