🎧 Radio Namaste



नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि गर्याे नेपाल बन्दको घोषणा

०६ भदौ दाङ
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले भोलि अर्थात् भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिलाई सरकारले उलंङ्घन गरि गत साउन १६ गते ललितपुरको जिल्ला अदालत मार्फत पार्टी महासचिव विप्लवसहितका लिडरमाथि जारी गरेको पक्राउ पुर्जी तथा राष्ट्रघाती सन्धिहरु खारेजको माग गर्दै उनीहरूले बन्दको घोषणा गरेका हुन् ।

बिज्ञापन
नेपाल बन्दको आह्वान विज्ञप्ति

एमसीसी सम्झौताको विरोध, विप्लवसँग गरिएको ३ बुँदे सम्झौताको पालना लगायतका विषयमा चरणबद्ध आन्दोलन गर्ने र नेपाल बन्दको आह्वान गर्ने विज्ञप्तिमा जनाईएको छ । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक कार्यक्रम अनुसार ४ दलिय मोर्चाले भदौ १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ४ गते देशव्यापी विरोधसभा तथा काठमाडौं उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा गर्ने, ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द घोंषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर