🎧 Radio Namaste



शान्तिनगरमा एन.आई.एम.बि को एक्सटेन्सन काउन्टर सन्चालन

दाङ ,बैशाख २५।

बिज्ञापन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज शान्तिनगर गाउपालिका अन्तर्गत वार्ड न ५ स्थित रगैचामा आफ्नो एक्सटेन्सन काउन्टर सन्चालनमा ल्याएको छ ।

आज गाउपालिका अध्यक्ष  प्रमोद बस्नेतले रिबन काटेर उदघाटन गर्नु भएको थियो । उदघाटन कार्यक्रममा अध्यक्ष बस्नेतले बैंक यस क्षेत्रमा आएकोले अब स्थानीय बासिन्दा लाभान्वित हुने र उत्कृष्ट सेवा पाउने बिचार ब्यक्त गर्नु भयो । शान्तिनगरमै बैंकको एउटा शाखा रहेको र थप एक्सटेन्सन काउन्टरले सबैलाई सहज भएको बताउनु भयो ।

 

त्यस्तै बैंकका प्रबन्धक अन्जना के.सी. ले बैंकवाट सम्पूर्ण सेवा दिनुका साथै उक्त क्षेत्रमा सहज बैन्किङ संगै स्थानीय बासी पनि लाभान्वित हुने बिश्वास ब्यक्त गर्नुका साथै सहयोगको अपेक्षा पनि राख्नु भएको थियो । शान्तिनगर शाखाका प्रबन्धक अन्जना के.सी. को अध्यक्षता तथा शान्तिनगर गाउपालिका का अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एबम उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीको बिशिस्ट आतिथ्यमा उदघाटन कार्यक्रम  सम्पन्न भएको हो ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर