🎧 Radio Namaste



स्ववियु पद्माेदयले बुझायाे ६ बुदे मागपत्र, पाँच दिनभित्र लिखित सुनुवाई गर्न ध्यानाकर्षण

चैत १६, दाङ

आज स्वतन्त्र बिद्यार्थी युनियनले यस क्याम्पसको प्रगति र विद्यार्थीहरुको हकहितका लागि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)ले निरन्तर पहल गर्दै आएको बताएको छ । मूलतः विद्यार्थीको हकहितको सवालमा तत्काल सम्बोधन गर्नुपर्ने विषय रहेकाले निम्न छ बुँदे मागपत्र पेश गरेकाे छ ।

बिज्ञापन

क्याम्पस प्रमुखलाई मागपत्र बुझाउदै स्ववियु अध्यक्ष र सह-सचिव

१. सामुदायिक क्याम्पसको हकमा बिद्यार्थी भर्ना शुल्क बढि भएको भन्ने गुनासोलाई ध्यानमा राखि शुल्क कम गर्नुपर्ने  । 

२. क्याम्पस आफैंमा पबित्र मन्दिर हो, यसको अस्तित्व जोगाइराख्नु पर्ने हुन्छ, । क्याम्पस स्थापना कालदेखि अहिलेका मितिसम्म स्थापना दिवस (वार्षिकोत्सव) नमनाएकोमा यसै बर्ष मिति सार्वजनिक गरी कार्यक्रम आयोजना गर्न सुरु गर्नुपर्ने । 

बिज्ञापन

३. विद्यार्थी परिचय पत्र बिद्यार्थी र क्याम्पसको गहना भएकको र यसले संस्थाको ख्याति र गौरवलाई बढाउने भएकाले न्यूनतम शुल्क निर्धारण गरि २०८१ सालदेखि अनिवार्य परिचयपत्रको व्यवस्था गर्नुपर्ने । 

४. बस भाडा महंगो भएको र सेवा नलिए पनि अनिवार्य मासिक शुुल्क तिर्नुपर्ने नियम परिमार्जन गरि भाडा घटाउनुपर्ने र सेवा सुरु गरेको दिनबाट मात्रै शुल्क लिनुपर्ने । 

५.शिक्षाका लागि खेलकुद अत्यावश्यक पुर्वाधार हो । त्यसैले क्याम्पस खेल मैदानको प्रयाप्तता हेरी पहिले नै माग भएअनुसार सम्पूर्ण खेलकुद सामग्री उपलब्ध गराउनुपर्ने ।

६. प्रचारप्रसार भए बमोजिम बिद्यार्थीले पुस्तक पाएका छैन र पुस्तकालयमा पर्याप्त पुस्तक छैनन् । यस बिषयमा पनि ध्यानाकर्षण गरि आवश्यक पुस्तक पुस्ताकालयबाटै उपलब्ध गराउनुपर्ने । 

मागहरुमा पाँच दिनभित्र लिखित सुनुवाई नभए स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)ले क्याम्पसमा कुनैपनि कार्यक्रम तथा क्रियाकलाप नगर्ने स्ववियु सभापति बिष्णु गोराथाेकीले जानकारी दिनुभएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर