🎧 Radio Namaste

जि प्र का दाङले गर्याे मालिक चालक र सहचालकलाई सार्वजनिक

०७ भदौ दाङ
जिल्ला प्रहरी कार्यालय दाङले बन्दको बहानामा आफ्नै टिप्परमा आगो लगाउने टिप्पर मालिक, चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका थिए। चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियाे ।

बिज्ञापन

प्रहरीले टिप्पर धनि जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष ४३ को धनेश्वर भण्डारी, दाङ राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरिया निवासी ३२ बर्षका चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका ७ चन्दनपुर निवासी १७ बर्षे सहचालक आकाश चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर