🎧 Radio Namaste



राप्ती नदीमा विद्यार्थी चढेको डुंगा नदीको बीचमा पल्टीयाे

दाङ, भदौ २ । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा विद्यालय तर्फ जादै गर्दा बिहिवार बिहान ९ बजे राप्ती नदिमा पल्टिदा सवार १९ जना विद्यार्थी घाइते भएका छन् ।

लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टा तर्फ जार्दै गर्दा विद्यार्थी चढेको डुंगा बिहिवार पल्टीएको हो । डुंगा राप्ती नदिको बीचमा जमिन सतहदेखि करिब १० मिटर टाढा पल्टिएको थियो । घाइते विद्यार्थीहरु मावि सिक्टामा कक्षा ६ देखि ९ कक्षामा अध्ययनतर विद्यार्थी रहेका छन् । ढुंगामा सवार विद्यार्थीहरुको कापी, कलम, झोला सबै राप्ती नदीले बगाएको छ।

बिज्ञापन

उद्धारपछि विद्यार्थीलाई अस्थाई स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव निरिक्षक कैलाले बताउनुभयो । नदीकोबीचमा डुंगा पल्टीएको देखेपछि स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए । क्षमता भन्दा बढी विद्यार्थी बोक्दा डुंगा पल्टीएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नायव निरिक्षक सरोजकुमार कैलाले जानकारी दिनुभयो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर