🎧 Radio Namaste



दाङमा नक्कली माया जालमा पारेर पैसा असुल्ने महिलाको गिरोह पक्राउ

दाङ २ भदौ । दाङमा दाङमा नक्कली माया जालमा पारेर पैसा असुल्ने महिलाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा घोराही – १० का दिलिपकुमार वली, शर्मिला नेपाली, शान्ता नेपाली, पार्वता डाँगी र देवा डाँगी रहेका छन् ।पक्राउ परेको गिरोहले एकजना व्यापारीसँग प्रेमको नाटकगरी शारीरिक सम्बन्ध राखेर पछि बलात्कारको मुद्दा हाल्ने भन्दै रकम असुलेको थियो ।

उक्त समुहले साउन २७ गते एकजना व्यापारीसँगशारीरिक सम्बन्ध राखे बापत १ लाख रूपैयाँ नगद लगेको र सोहि दिन दिउँसो थप रकम नदिए बलात्कारको मुद्दा हाल्ने भन्दै धम्कीदिएपछी ती व्यापारीले ११ लाखको चेक त्यो गिरोहलाई दिएका थिए । उनीहरूलाई अपराधिक लाभको कसुरमा म्याद थपगरी प्रहरीले अनुसन्धान थालेको छ । यस अघि पनि हनि ट्रयापमा पारेर पैसा असुल्न खोज्ने महिलाको एक समूहलाई प्रहरीले पक्राउ गरेको थियो । 
Source: TulshipurOnline

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर