🎧 Radio Namaste

अध्यापन अनुमतिपत्रको परीक्षा : टिकटक बनाउनेको परीक्षा रद्द

काठमाण्डौ : शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

बिज्ञापन

यही कारण उनलाई निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र दुई वर्षसम्म निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त दिन वा प्रतिस्पर्धा गर्न रोक लगाइएको शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जनाएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर