🎧 Radio Namaste

राजनीतिमाथि व्यङ्ग्य प्रहार गरिएको तीज गीत सार्वजनिक

काठमाडौं 29 साउन । संचारकर्मी एवं गीतकार केएल पीडितले विकृत राजनीतिमाथि व्यंग्य गरेको तीज गीत ल्याएका छन् । “ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो” शिर्षकको तीज गीत हाइलाइट्स नेपालबाट सार्वजनिक भएको छ ।

संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको यस तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । यस गीतमा अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको छ ।

देशमा गरिखाने अवस्था नभएर परदेश लाग्न बाध्य हुनु परेको, देशमा वेथिती र अव्यवस्था मौलाएको, जनता भोक/रोगले थलिएको तर नेताहरू भने चिल्लो गाडीमा शयर गर्ने गरेको जस्ता सामाजिक/राजनीतिक सन्दर्भहरुलाई गीतमा सशक्तढंगले उठाउन गरिएको छ ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर