🎧 Radio Namaste

माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज द्वारा राजिनामा

नेकपा माओवादी केन्द्र दाङका जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आज घोराहीमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी माओवादी पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् ।

गौतमले माओवादी पार्टी कम्युनिष्ट नरहेको पार्टीभित्र गैर कम्युनिष्ट चरित्र प्रदर्शन गर्नुका साथै गुटबन्दी र षड्यन्त्र हुन थालेपछि पार्टी परित्याग का साथै राजीनामा दिएको  बताएका छन् । उनले माओवादीले एमसीसी पास गरेर रास्ट्रघात गरेको आरोप समेत लगाए ।

बिज्ञापन

१२ हजार ८२ मत लिएर तेस्रो स्थानमा रहेका गौतम २०७४ को स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिकामा माओवादीबाट मेयरमा प्रतिष्पर्र्धी थिए ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर