🎧 Radio Namaste



आईसीसीले टी-२० विश्वकपमा टीम बढाउने तयारी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्रिकेटको छोटो फर्म्याट टी-२० विश्वकपमा टिम संख्या बढाउने तयारी गरेको छ ।

आइसीसीले टी-२० मा प्रतिस्पर्धा गर्ने टिमसंख्या १६ बाट बढाएर २० पुर्‍याउने तयारी गरेको इएसपी एनक्रिकइन्फोले जनाएको छ । क्रिकइन्फोका अनुसार क्रिकेटलाई विश्वभर फैलाउने लक्ष्यका साथ टी-२० विश्वकपमा सहभागी टिमको संख्या बढाउन आईसीसी सकारात्मक भएको हो ।

बिज्ञापन

यसै वर्ष भारतमा तय भएको टी-१० विश्वकपमा १६ राष्ट्रले खेल्ने तय छ । यस्तै अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा पनि १६ राष्ट्रले नै प्रतिस्पर्धा गर्नेछन् ।

त्यसपछिको संस्करण सन् २०२४ मा हुने टी२० विश्वकपमा भने टीम बढाउने बारे आईसीसीले छलफल गरेको क्रिकइन्फोले जनाएको छ । टीम संख्या बढाएर २० बनाएपछि टिमहरुलाई ४ समूहमा ५-५ टिम राखेर विभाजन गरिने छ ।

यसबारे आधिकारिक निर्णय भने भइसकेको छैन । तर विश्वकपमा सहभागी टीम बढेमा नेपाल लगायत एसोसिएट राष्ट्रहरुलाई फाइदा हुनेछ ।

बिज्ञापन

यसअघि नै आईसीसीले महिलातर्फको प्रतियोगितामा टिमको संख्या बढाउने निर्णय गरिसकेको छ ।

यसैगरी वान डे विश्वकपमा पनि टिम संख्या बढाइने सम्भावना छ । पछिल्लो पटक वान डे विश्वकपमा १० राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । २०२३ मा भारतमा हुने वान डे विश्वापमा पनि १० टिमले नै प्रतिस्पर्धा गर्नेछन् । टिम संख्या बढेमा १४ हुनेछ ।

यसैगरी यसअघि भएको इन्टरकन्टिनेन्टल कपलाई नयाँ नाममा फेरि सुरुवात गर्ने तयारीमा आईसीसी रहेको क्रिकइन्फोले जनाएको छ । यस्तै ओलम्पिकमा पनि क्रिकेटलाई सहभागी गराउने विषयमा छलफल भइरहेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर