🎧 Radio Namaste



आजमलाई आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड

 पाकिस्तानका कप्तान बाबर आजमले आईसीसी ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन् ।

यसका लागि नेपाली राष्ट्रिय टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलसहित मनोनयनमा परेका थिए । तर बाबरले भुर्तेल र आफ्नै देशका फखर जमानलाई पछि पार्दै अप्रिल महिनाको प्लेअर अफ दि मन्थ अवार्ड जिते ।

बिज्ञापन

आईसीसीको १२ टेष्ट राष्ट्रका दुई दुई जना गरी २४ र अन्य दुई गरी कूल २६ जनाको आईसीसी भोटिङ एकेडेमी र विश्वभरका फ्यानहरुले गरेको भोटका आधारमा विजेता छनोट गरिएको हो ।

जसमा आईसीसी भोटिङ एकेडेमीको भोट ९० प्रतिशत र आईसीसीको वेबसाइटमा फ्यानहरुले रजिस्टर गर्दै गरेको भोटको १० प्रतिशत गणना भएको थियो ।

यस्तै महिलातर्फ अष्ट्रेलियाका एलिसा हेलीले प्लेअफ अफ दि मन्थको अवार्ड जितिन् ।

बिज्ञापन

आईसीसीको ओडीआईमा नम्बर वान वरीयतामा रहेका बाबरले पछिल्लो महिना ओडीआई र टी २० आईमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ओडीआईमा २२८ र टी २० आईमा ३०५ रन बनाएका थिए । दुवै फर्म्याटमा उनले समान एक शतक प्रहार गरेका थिए ।

भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै उनी ओडीआईमा नम्बर वान ब्याट्सम्या बनेका थिए ।

नेपालका कुशल भुर्तेल यस अवार्डका लागि मनोनयनमा पर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले नेपालमै भएको त्रिकोणात्मक सिरिजमार्फत टी २० मा डेब्यु गर्दै ५ खेलमा ४ अर्धशतक प्रहार गरेका थिए । उनी टी २० आईमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने विश्वकै पहिलो ब्याट्सम्यान समेत बनेका थिए । सिरिजमा सर्वाधिक २७८ रन बनाएका कुशल टी २० वरीयतामा हाल ६१औं स्थानमा छन् ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर