🎧 Radio Namaste



३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

घोराही, दाङ। ३० औं जनयुद्ध दिवस को अवसरमा अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष प्रशान्त पाेख्रेल एवम् अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष गोविन्द मल्लकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

बिज्ञापन

कार्यक्रममा उपस्थित वक्ताहरूले जनयुद्धको ऐतिहासिक महत्त्व बारे चर्चा गरेका थिए । उनीहरूले जनयुद्धले देशमा राजनीतिक, सामाजिक, तथा आर्थिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले उत्पीडित, शोषित वर्गको मुक्तिको आधारशिला तयार पारेको उल्लेख गरेका थिए । २०५२ साल फागुन १ गते सुरू भएको जनयुद्ध ले देशलाई गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धिहरूसम्म पुर्‍याएको वक्ताहरूले स्मरण गराएका थिए ।

कार्यक्रममा क्याम्पसका विद्यार्थी, युवा तथा बिशिस्ट व्याक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । दीप प्रज्वलन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला प्रवक्ता बिष्णु गोराथोकीले गर्नु भएको थियाे ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर