🎧 Radio Namaste



जेष्ठ नागरिक भवन उदघाटन

मसिना,२२ असार ।

घोराही उपमहानगरपालिका वार्ड नम्बर १८ मसिनामा रहेको जेष्ठ नागरिक भवन उदघाटन गरिएको छ । कालिका टोल बिकास संस्थाले निर्माण गरेको उक्त भवन को आज उदघाटन गरिएको हो । टोलका अध्यक्ष कृष्ण बहादुर कुवर गोपलको अध्यक्षता तथा वार्ड अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यता एबम टोलका समाजसेबि एबम वृद्ध ८१ बर्षका भुवनेश्वोर पौडेलको बिशिस्ट आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो । पिताम्बर शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पानस मा बत्ती बालेर उदघाटन गरिएको थियो ।

बिज्ञापन

वार्ड नम्बर १८ कै पहिलो जेष्ठ नागरिक भबन मा दैनिक भेटघाट एबम बसिबियालो का साथै सहजता पुगोस भन्ने उदेश्यले निर्माण गरिएको निर्माण समितिका अध्यक्ष मान बहादुर थापाले जानकारी दिनु भयो । साथै जेष्ठ नागरिक भवनको साचो निर्माण समितीले जेष्ठ नागरिक दिवा सेवा केन्द्रको संचालक समितिलाई हस्तान्तरण गरेको थियो ।कार्यक्रमको सहजीकरण टोलका सचिब ठाकुर प्रसाद डागिले गर्नु भएको थियो ।

बिज्ञापन
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु