🎧 Radio Namaste



हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने 

२३ साउन, घोराही-  दाङ देउखुरी होटल व्यवसायी समितीले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तिजका अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रम २०७९ गर्ने भएको छ । राष्ट्रिय स्तरका कलाकारहरुको उपस्थितीमा घोराहीको होटल माला ईनमा भब्य कार्यक्रम गरिने समितीका अध्यक्ष दिपेन्द्र पुनले जानकारी दिनुभएको छ ।
 
आउदै गरेको हरीतालिका तिज पर्वलाई लक्षित गरी महिलाहरुको प्रतिभा प्रस्पोटन तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले दाङ देउखुरी होटल व्यवसायी समितीको निर्णय अनुुसार बृहत सास्कृतिक कार्यक्रम गरिने भएको हो ।
जुरिक भोड्काको उत्पादक जगदम्बा अल्को बेभ प्राली मुख्य प्रायोजक रहेको कार्यक्रम आउदो भदौ ११ गते शनिवारका दिन गर्ने मिति तय भएको अध्यक्ष पुनले जानकारी दिनुभएको छ । नेपाली नारीहरुको महान् पर्व तिजको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै तिजलाई भब्य र सभ्य सफल बनाउन तिज मिलन कार्यक्रम आयोजना गर्न लागिएको हो ।।
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर