🎧 Radio Namaste



मेगा बैंक लमहीको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

०६ जेष्ठ ,
लमही दाङ ।  
          
 
मेगा बैंक नेपाल लिमिटेड लमही शाखाले आज गो वेल एजुकेसन सेन्टरमा  बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको 
छ । गो वेल एजुकेसन सेन्टरमा अध्ययनरत बिद्यार्थी हरु गरि २०-२५ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा मेगा बैंकका शाखा प्रबन्धक छबिलाल भन्डारिले बैंक तथा बित्तिय संस्थाले दिने सेवाको बारेमा प्रष्ट पर्नु भएको थियो । बैंकका कर्मचारी मनिष  सेढाई , अनिल पौडेल , मधु सूदन भट्टराई ले बैंकको सेवा तथा खाताका प्रकार सहित सुबिधा , डिम्याट खाता, शेयर कारोबारको महत्त्व , रेमिटेन्स र रेमिटेन्सका सेवा लगायतका  विषयमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा गो वेल एजुकेसन सेन्टरका संचालक पोषण अधिकारीले बैंकले बित्तीय साक्षरता  कार्यक्रम गरिदिएको मा धन्यवाद प्रकट गर्नु भएको थियो ।
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर