🎧 Radio Namaste

विपक्षी गठबन्धनले संसद विघटनको कानुनी उपचार खोज्ने

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा नेकपा एमालेको माधव नेपालसहित विपक्षी गठबन्धनको बैठक जारी छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी छन् ।

बिज्ञापन

संसद विघटन गरेर चुनावको मिति घोषणा भएको सन्दर्भमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न नेताहरु बैठक बसेका हुन् । विपक्षी गठबन्धनले संसद विघटनको विरोध गर्दै त्यसको कानुनी उपचार खोज्ने तयारी गरेको छ ।

यसअघि शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले संसद विघटनको विरोधमा कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरिसकेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर