🎧 Radio Namaste



डिभिलियर्स इपिएल खेल्न नेपाल आउने

विश्व चर्चित ब्याट्सम्यान एबी डिभिलियर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेल्न नेपाल आउने सम्भावना बढेको छ । इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरले केहि समय अगाडि इपिएलमा एबी डिभिलियर्सलाई ल्याउने कार्य भइरहेको बताएका छन् । अब डिभिलियर्स अन्तर्राष्ट्रिय क्रिकेटमा नफर्कने भएपछि नेपाल आउने संम्भावना झनै बढेको छ । किनकी अब उनिसँग प्रयाप्त खाली समय हुनेछ ।गएको वर्ष ड्वायन स्मिथ, उपुल थारंगा, लियाम प्लङकेट, कोरी एन्डरसन, हसिम अमला, क्रिस गेल जस्ता खेलाडी ल्याउने तयारी भइसकेको थियो । यो पटक भने दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डिभिलियर्सलाई इपिएल खेल्न ल्याउने तयारी भइरहेको तर पक्का भने भइनसकेको प्रबन्ध निर्देशक अख्तरले भने । उनले भने, ‘इपिएल खेल्न एबी डिभिलियर्स सकारात्मक छन् । समय पनि राम्रो मिलिरहेको कारण उनले पनि इपिएल खेल्न इच्छा देखाएका छन् । कुरा भइरहेको छ। तर सम्झौता नै भइसकेको छैन ।’
एबी डिभिलियर्स इपिएल खेल्न आउने सकारात्मक भएपनि सञ्चारमाध्यममा आएजस्तो पक्का भइ नसकेको उनले प्रस्ट्याएका छन् – ‘गएको वर्ष उनको कार्यतालिका मिलिरहेको थिएन ।’ त्यसकारणले पनि त्यो समय उनले इपिएल खेल्न इच्छा देखाएका थिएनन् । तर यो पटक भने इपिएल खेल्नका लागि उनले एजेन्टलाई भनिसकेका छन् । उनको एजेन्टसँग मेरो कुरा भइरहेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर