🎧 Radio Namaste



सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लायन्स क्लब अफ घोराही सिटिको नया कार्यसमिति चयन भएको छ । १४ जेष्ठमा बसेको बैठकले २०२५-०२६ का लागि लायन सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको हो ।क्लबका नि. अध्यक्ष लायन बिबेक आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । बैठकले क्लबका लागि जग्गा खरिद ,बिपन्न बिध्यार्थीलाई सहयोग ,च्यारिटी शो , २०२५-२६ का लागि नया कार्यसमिति लागयतका विषयमा छलफल गरेर निर्णय गरेको हो । सो क्रममा बिपन्न बिध्यार्थीलाई सहयोग गर्ने सम्बन्धमा क्लबका सदस्य ला. लक्ष्मी घमाल रहनेगरी समय र स्थान पछि सचिबालयले तोक्ने गरि निर्णय गरिएको जानकारी नि. अध्यक्ष बिबेक आचार्यले जानकारी दिनु भएको छ ।यस्तै २०२५-२६ का लागि सनत गिरिको अध्यक्षता मा नयाँ कार्यसमिती पनि चयन गरिएको छ । जस्को प्रथम उपाध्यक्षमा ला. पुस्पराज आचार्य , दितिय उपाध्यक्षमा ला. रबिकिरण केसि , तृतीय उपाध्यक्षमा ला.चेतन बस्नेत,कोसाध्यक्षमा ला. लक्ष्मी घमाल ,LCIF कोर्डिनेटरमा ला. सुदर्शन गिरि ,क्लब मेम्बरसीप चेयर मा ला.आराधना सिह र क्लब मार्केटिङ चेयर मा ला. भवानी कडेल लाई चयन गरिएको छ साथै बाकी रहेको पदमा पनि छिट्टै परिपुर्ती गरिने जानकारी आचार्यले दिनु भएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर