राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

दाङ, घोराही – अखिल (क्रान्तिकारी) राप्ती इन्जिनियरिङ कलेज इकाईको पाँचौं इकाई सम्मेलन शनिबार घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संगठनका नेता मोहन उपाध्यायको अध्यक्षता र लुम्बिनी प्रदेश उपाध्यक्ष गिरबहादुर महराको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

सम्मेलनबाट बिरजंग शाहीको अध्यक्षतामा गठित कार्यसमितिमा उपाध्यक्षहरुमा बिबेक परियार र विमला ओली, सचिव प्रवेश घिमिरे, सहसचिवद्वय योगेन्द्र बोहरा र सुनिल क्षेत्री, तथा कोषाध्यक्षमा रितेश बम चयन भएका छन्। सदस्यहरूमा नेहा खड्का, विकास वैदिक, हिमाल न्यौपाने, किरण पुन मगर, टेकबहादुर बिक, रमेश कार्की, बिपिन चौधरी, बोमप्रकाश चौधरी, प्रशान्त, सुरक्षा ओली, सङ्गीता थापा, वसन्त अधिकारी, अञ्जित चौधरी र समीक्षा ओली रहेका छन्।

बिज्ञापन

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरबहादुर महराले संगठनको महत्व र विद्यार्थी नेतृत्वको भूमिकामाथि प्रकाश पार्दै भने, “आज हामी केवल नेतृत्व हस्तान्तरण गर्दै छैनौं, हामी विचार, दृष्टिकोण र प्रतिबद्धताको हस्तान्तरण गरिरहेका छौं। इन्जिनियरिङ केवल करियर होइन, जनताप्रतिको कमिटमेन्ट हो।”
उनले संगठनलाई राजनीतिक चेतना, निर्णय क्षमता र आत्मबल विकास गर्ने थलोको रूपमा परिभाषित गर्दै माओवादी आन्दोलनसँग प्राविधिक मोर्चामा इन्जिनियर विद्यार्थीको भूमिका अपरिहार्य रहेको बताए।

विशिष्ट अतिथि ई. गोविन्द कुमार मल्लले संगठनात्मक अनुशासन र सामूहिक निर्णय प्रक्रियाको महत्वमा जोड दिँदै भने,“व्यक्तिगत क्षमता जति भए पनि सामूहिक सोच र सहकार्यबिना त्यो दिशाहीन हुन्छ। नेतृत्वमा नयाँ सोच, उर्जा र प्रतिबद्धता आवश्यक हुन्छ, जुन आजको सम्मेलनले स्थापित गर्न प्रयास गरेको छ।”

कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङका सहसचिव प्रशान्त पोख्रेल, जिल्ला सदस्य रोनिशा खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन रोहित पहाडीले गरेका थिए।

बिज्ञापन

सम्मेलनले संगठनभित्र युवाहरूको नेतृत्व विकास, विचार आदानप्रदान, र क्रान्तिप्रतिको प्रतिबद्धता अझ सुदृढ बनाउने सन्देश दिएको छ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर