घोराही, ०६ वैशाख
बिष्णु गाेराथाेकी



घाेराहि उपमहानगरपालिका–१७ मा अवस्थित जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा शुक्रबार एक कार्यक्रम गरि सम्पन्न भएको छ । संस्थाका तत्कालीन अध्यक्ष ध्रुव गोराथोकी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा प्रमुख अतिथिका रूपमा साेहि वडाका वडाध्यक्ष रामलौटन चौधरी रहनुभएकाे थियाे । चौधरीले टोल विकासका क्षेत्रमा संस्थाको योगदान उल्लेखनीय रहेको बताउनु भएकाे थियाे । उहाँले आगामी दिनमा संस्थाले सामाजिक, भौतिक र वातावरणीय सुधारका क्षेत्रमा अझ सक्रिय भएर भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भएको थियाे ।
नवौं साधारणसभामा सहभागी सदस्यहरूको सहमतिका आधारमा नयाँ कार्यसमिति गठन गरिएको छ । नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बिष्णु बहादुर घर्ती क्षेत्री चयन हुनुभएको छ भने यम प्रसाद घिमिरे उपाध्यक्ष, पदम प्रसाद रेग्मी सचिव, लक्ष्मी खनाल सह–सचिव र बसन्ता पोख्रेल कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएकाे हाे । त्यसैगरी सदस्यहरूमा वेदुलाल पोख्रेल, निर्मला सुवेदी, ज्ञान प्रसाद पौडेल र खिम प्रसाद बेल्बासे रहनुभएकाे छ ।

नव निर्वाचित अध्यक्ष घर्ती क्षेत्रीले धन्यवाद मन्तव्य दिँदै संस्थाको जिम्मेवारीलाई इमानदारीता पूर्वक निर्वाह गर्ने र टोल विकासका कामलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको थियाे । कार्यक्रममा स्थानीय बासिन्दा, सरोकारवाला र संस्थाका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उत्साहजनक वातावरणमा सम्पन्न भएको साधारणसभालाई सफल र सशक्त बनाउने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सदस्य प्रकाश देवकोटाले संस्थाको विगतका गतिविधि, वर्तमान अवस्था र आगामी योजनाहरूको संक्षिप्त जानकारी दिदै स्वगत मन्तव्य राख्नुभएको थियाे भने उक्त कार्यक्रमकाे सहजिकरण सचिव पदम प्रसाद रेग्मीले गर्नुभएको थियाे ।