कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

घोराही, दाङ
मनकामना इङ्लिस सेकेन्डरी स्कूल, घोराही दाङले आफ्ना कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि कुलपानीमा एकदिने बनभोज कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको आपसी सम्बन्ध सुदृढ बनाउने, शैक्षिक चापबाट केही समय विश्राम दिने र सामूहिकताको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३० जना विद्यार्थीहरू सहित शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहपूर्वक रमाइरहेका थिए । दिनभर चलेको कार्यक्रममा गीत–संगीत, नृत्य, खेलकुद, सामूहिक खाना, फोटो सेसन लगायतका रमाइला गतिविधिहरू समावेश गरिएका थियाे ।

बिज्ञापन

“यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिर्जनात्मकता, सामाजिकता र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्दछन् । हामी भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”+२ व्यवस्थापक विष्णु गोराथोकीले भन्नुभयाे ।

कार्यक्रमले विद्यार्थीहरूबीच आपसी मित्रता थप बलियो बनाएको बताउँदै धेरैले यस्तो अनुभव पहिलो पटक पाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरू बार्षिक रूपमा आयोजना गर्नुपर्ने बताएका छन ।
ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता