🎧 Radio Namaste



कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

घोराही, दाङ
मनकामना इङ्लिस सेकेन्डरी स्कूल, घोराही दाङले आफ्ना कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि कुलपानीमा एकदिने बनभोज कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको आपसी सम्बन्ध सुदृढ बनाउने, शैक्षिक चापबाट केही समय विश्राम दिने र सामूहिकताको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ३० जना विद्यार्थीहरू सहित शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू उत्साहपूर्वक रमाइरहेका थिए । दिनभर चलेको कार्यक्रममा गीत–संगीत, नृत्य, खेलकुद, सामूहिक खाना, फोटो सेसन लगायतका रमाइला गतिविधिहरू समावेश गरिएका थियाे ।

बिज्ञापन

 

“यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिर्जनात्मकता, सामाजिकता र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्दछन् । हामी भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”+२ व्यवस्थापक विष्णु गोराथोकीले भन्नुभयाे ।

कार्यक्रमले विद्यार्थीहरूबीच आपसी मित्रता थप बलियो बनाएको बताउँदै धेरैले यस्तो अनुभव पहिलो पटक पाएको प्रतिक्रिया दिएका छन् । उनीहरूले आगामी दिनमा यस्ता कार्यक्रमहरू बार्षिक रूपमा आयोजना गर्नुपर्ने बताएका छन ।
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर