दाङको खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
बिज्ञापन



प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको उनले बताए ।