एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने भएका छन् । नेपाल किकेट संघ (क्यान) ले मंगलबार एनपीएलको ड्रिभन बाई पार्टनरमा ओमोडा एण्ड जेईकोसँग सम्झाैता गरेको छ ।

यस सम्झाैताअनुसार ओमाडो एण्ड जेईकोले एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउनेछन् । क्यान सचिव पारस खड्काले एनपीएल सकिएपछि नेपाली क्रिकेट इतिहासमै पहिलोपटक उत्कृष्ट नेपाली खेलाडीले गाडी चढ्ने बताए ।

बिज्ञापन

‘यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बेस्ट नेपाली खेलाडीले शारडा ग्रुपको तर्फबाट गाडी पाउनुहुनेछ’ खड्काले भने ।

एनपीएलको ‘ड्रिभन बाइ’ सहप्रायोजकको रुपमा क्यानका सचिव पारस खड्का र ओमोडा एण्ड जेईको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाईल्सका निर्देशक गाैरव शारडाले हस्ताक्षर गरे ।

एसपीजी अटोमोबाईल्सका निर्देशक गाैरव शारडाले ओमोडा एण्ड जेईको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेट प्रवर्दधन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

बिज्ञापन

उनले क्रिकेटले लोकप्रियता र सफलता पाउँदै गरेको र देल विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए ।

यस्तै क्यान सचिव पारस खड्काले एनपीएलले देशबाहिर पनि सबैको ध्यान आकर्षण गरिरहेको र सहकार्यका लागि एसपीजीलाई धन्यवाद दिए ।

क्यानको आयोजनामा एनपीएल यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने एनपीएलमा ८ टोलीको सहभागिता हुनेछ ।

 

ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता