🎧 Radio Namaste



एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने

नेपाल प्रिमियर लिग (एनपीएल) को उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने भएका छन् । नेपाल किकेट संघ (क्यान) ले मंगलबार एनपीएलको ड्रिभन बाई पार्टनरमा ओमोडा एण्ड जेईकोसँग सम्झाैता गरेको छ ।

यस सम्झाैताअनुसार ओमाडो एण्ड जेईकोले एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउनेछन् । क्यान सचिव पारस खड्काले एनपीएल सकिएपछि नेपाली क्रिकेट इतिहासमै पहिलोपटक उत्कृष्ट नेपाली खेलाडीले गाडी चढ्ने बताए ।

बिज्ञापन

‘यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बेस्ट नेपाली खेलाडीले शारडा ग्रुपको तर्फबाट गाडी पाउनुहुनेछ’ खड्काले भने ।

एनपीएलको ‘ड्रिभन बाइ’ सहप्रायोजकको रुपमा क्यानका सचिव पारस खड्का र ओमोडा एण्ड जेईको अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता एसपीजी अटोमोबाईल्सका निर्देशक गाैरव शारडाले हस्ताक्षर गरे ।

एसपीजी अटोमोबाईल्सका निर्देशक गाैरव शारडाले ओमोडा एण्ड जेईको र एनपीएलबीचको यो सहकार्यले नेपालमा क्रिकेट प्रवर्दधन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

बिज्ञापन

उनले क्रिकेटले लोकप्रियता र सफलता पाउँदै गरेको र देल विकासको लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए ।

यस्तै क्यान सचिव पारस खड्काले एनपीएलले देशबाहिर पनि सबैको ध्यान आकर्षण गरिरहेको र सहकार्यका लागि एसपीजीलाई धन्यवाद दिए ।

क्यानको आयोजनामा एनपीएल यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने एनपीएलमा ८ टोलीको सहभागिता हुनेछ ।

 

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर