🎧 Radio Namaste



रिलायबल लमही शाखाद्वारा ७ अौ बार्षिक उत्सव सम्पन्न

बिष्णु गोराथाेकी
भाद्र १५, दाङ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लीमीटेड, लमही शाखाले आफ्नाे ७अौ बार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेकाे छ। यस अवसरमा आयोजित कार्यक्रममा संस्थाका लमहि शाखा प्रमुख प्रविण शर्माले केक काटेर कार्यक्रम को सुरुवात गर्नु भयको थियो । उक्त कार्यक्रममा एजेन्सी म्यानेजर र एजेन्सीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख शर्माले संस्थाको प्रगतीको बारेमा जानकारी गराउदै बीमा क्षेत्रको महत्व र यसको लाभहरूको बारेमा चर्चा गर्नुभएको थियाे। लमहि शाखाले विभिन्न बिमा सचेतना कार्यक्रम गरेको र आगामी दिनहरुमा पनि सबैको पहुँच पुग्ने गरि कार्यक्रम गर्ने उहाँको भनाइ रहेकाे थीयो । धेरै भन्दा धेरै एजेन्सी हरुलाई एजेन्सी म्यानेजर बन्न अनुरोध गर्नुभयो । कार्यक्रममा बीमा योजनाका बारेमा विस्तृत जानकारी दिइएको थियो भने, एजेन्सी र बीमितहरूको विश्वास र सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयको थीयो ।

बिज्ञापन
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु