जेष्ठ नागरिक भवन उदघाटन

मसिना,२२ असार ।

घोराही उपमहानगरपालिका वार्ड नम्बर १८ मसिनामा रहेको जेष्ठ नागरिक भवन उदघाटन गरिएको छ । कालिका टोल बिकास संस्थाले निर्माण गरेको उक्त भवन को आज उदघाटन गरिएको हो । टोलका अध्यक्ष कृष्ण बहादुर कुवर गोपलको अध्यक्षता तथा वार्ड अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यता एबम टोलका समाजसेबि एबम वृद्ध ८१ बर्षका भुवनेश्वोर पौडेलको बिशिस्ट आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको थियो । पिताम्बर शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पानस मा बत्ती बालेर उदघाटन गरिएको थियो ।

बिज्ञापन

वार्ड नम्बर १८ कै पहिलो जेष्ठ नागरिक भबन मा दैनिक भेटघाट एबम बसिबियालो का साथै सहजता पुगोस भन्ने उदेश्यले निर्माण गरिएको निर्माण समितिका अध्यक्ष मान बहादुर थापाले जानकारी दिनु भयो । साथै जेष्ठ नागरिक भवनको साचो निर्माण समितीले जेष्ठ नागरिक दिवा सेवा केन्द्रको संचालक समितिलाई हस्तान्तरण गरेको थियो ।कार्यक्रमको सहजीकरण टोलका सचिब ठाकुर प्रसाद डागिले गर्नु भएको थियो ।

बिज्ञापन
ताजा
३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न
प्ले ग्रुपमा निशुल्क भर्ना : मनकामना
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

संबन्धित समाचार

३० औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन सम्पन्न

प्ले ग्रुपमा निशुल्क भर्ना : मनकामना

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

एनपीएलको उत्कृष्ट खेलाडीले गाडी पुरस्कार पाउने