🎧 Radio Namaste



पद्मोदयकाे वार्षिकोत्सबकाे अबसरमा खेलकुद सप्ताह सुरु 

बिष्णु गोराथाेकी 

जेठ २८,दाङ

बिज्ञापन

पद्मोदयकाे वार्षिकोत्सबकाे अबसरमा खेलकुद सप्ताह आजबाट सुरु भएको छ । पद्मोदय पब्लिक नमुना मा.बि भरतपुर दाङमा आज  ७७ औ बार्षिक उत्सब को अबसर पारेर खेलकुद सप्ताहको एक कार्यक्रममा बिद्यालयले रेफ्रिलाई सिट्ठी तथा बल हस्तान्तरण गरि  कार्यक्रमको‌ उद्धघाटन भएको थियाे ।

बिद्यार्थीलाई खेलप्रति आकर्षण गर्नका लागि शिसु देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराईएकाे थियाे, जसमा ४ समुह सहभागी भएका थिए । उक्त कार्यक्रममा बिद्यार्थी, पत्रकार, समाजसेवी, शिक्षक लगाएत मा.बि संयोजक नारायण प्रसाद पाेखरेल, अतिरिक्त पाठ्यक्रम गतिविधिका संयोजक आराधना सिंह ठकुरी, बिद्यालय प्रशासक मिनेष श्रेष्ठ , शिक्षक शक्तिराम वलि र अमर डाँगी र खेलकुद रेफ्री शिब श्रेष्ठ को उपस्पस्थितिमा कार्यक्रम उद्घाटन भएको थियाे । बिद्यालयका कर्मचारी भेषराज पाण्डेयले ब्यबस्थापन गर्नु भएको उक्त खेल ५ दिन सम्म संचालन हुने खेल शिक्षक देबेन्द्र सिं ठकुरीले जानकारी दिनुभयो ।

बिज्ञापन

 

कार्यक्रम बिद्यालयका सहायक प्र.अ दुर्गा पाण्डेय को अध्यक्षतामा भएको कार्यक्रमकाे सहजिकरण खेलकुद संयोजक देवन्द्र सिं ठकुरीले गर्नु भएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर