🎧 Radio Namaste



ग्लोबल मनी वीक अन्तर्गत कर्णाली डेभलपमेन्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम

०९ चैत्र , दाङ ।

ग्लोबल मनी वीक अन्तर्गत आज कर्णाली डेभलपमेन्ट बैंकले आज बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले राजपुर गाउपालिका-२ मटरियामा रहेको जनज्योती माध्य्मिक बिद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

कर्णाली डेभलपमेन्ट बैंक लमहीका शाखा प्रबन्धक सागर थापाले विद्यार्थीलाई मुद्राको सुरक्षा,सुरक्षित भबिस्य अन्तर्गत बचत गर्ने बानीको विकास गर्न, आवश्यक परेको बेला रकम झिक्न र सुरक्षित रुपमा राख्न, देश विदेशबाट पैसा पठाउन र पाउन तथा आवश्यक परेको बेला ऋण लिनका लागि समेत वित्तीय साक्षरता जरुरी रहेको र भबिस्यमा आफुलाई अप्ठेरो नपर्ने बताउनु भएको थियो ।
त्यस्तै कर्णाली डेभलपमेन्ट बैंक सिसहनियाका शाखा प्रबन्धक देब खड्काले वित्तीय साक्षरता कार्यक्रमको उदेश्य विद्यार्थीलाई बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, बैंक खाताका प्रकार, कर्जा, आधुनिक बैंकिङ प्रणाली, क्यूआर कोड सिस्टम आदिको विषयमा ज्ञान दिनुनै भएको बताएका थिए । करिब ९० विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा बिद्यालयका प्रिन्सिपल केशब राम यादबले यस प्रकारको कार्यक्रमले विद्यार्थीमा चेतना बढनु का साथै समाजमा पनि यो कुराको बारेमा जानकारी गराएमा सबैका लागि फाईदा हुने बताएका थिए ।
कर्णाली डेभलपमेन्ट बैंक गढवाका शाखा प्रबन्धक राजन वलीले पनि आफ्नो बिचार राख्नु भएको थियो । उहाले बैंकिङ प्राणाली डिजिटल युगमा प्रवेश गरेसँगै डिजिटल प्रविधिबाट ठगी पनि बढिरहेको हुनाले विद्यार्थी, अभिभावकदेखि बैंकका ग्राहकहरु सबै सचेत हुनु आवश्यक रहेको बताउनु भएको थियो भने लमही शाखाका कर्जा बिभागका बिमल खनालले जोखिमका बारेमा आफ्नो भनाइ राख्नु भएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर