🎧 Radio Namaste



लुम्बिनीका मुख्यमन्त्रीको सल्लाहकारमा कोर टिम,गृह जिल्लालाई महत्त्व दिएको आरोप

तेजेन्द्र के.सी.
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विगतमा साथ दिएकाहरू र विभिन्न क्षेत्रका अनुभवी पात्रहरू समेटेर कोर टीम बनाएका छन् ।

चौधरीले मन्त्रिपरिषद्का सबै सदस्यहरूको साथ लिए पनि अलग्गै कोर टीमबाट पनि काम गराइरहेका छन्. । विगतमा गैर सरकारी संस्था (वेश) मा सँगै काम गरेका डा.नहकुल केसीलाई योजना आयोगको उपाध्यक्ष बनाएका छन्, केसी गरिबी निवारणमा पिएचडी हुन् ।

बिज्ञापन

नेपाली कांग्रेसभित्र एकै गुटमा रहेका गृह जिल्ला दाङका जानकी लाल बस्नेतलाई राजनीतिक सल्लाहकार बनाएका छन् । उनी काँग्रेस क्षेत्रीय सभापति हुन् । कानुनी सल्लाह भने डा. बुद्ध बहादुर थापासँग लिन्छन्, जो नेपाल प्राध्यापक सङ्घको पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनलाई प्रदेशको मुख्य न्यायाधिवक्ताको भूमिकामा ल्याइएको छ ।

को को छन् सचिवालयमा ?

मुख्यमन्त्रीले राजनीतिक सल्लाहकार बस्नेतसँग सल्लाह लिन्छन् । प्रदेश पर्यटन मन्त्री हुँदाका प्रेस सल्लाहकार गोपाल भट्टराईलाई चौधरीले प्रेस संयोजक बनाएका छन् । भूगोल शास्त्रमा पिएचडी गरिरहेका मुकुन्द गौतमलाई प्रमुख स्वकीय सचिव बनाएका छन् ।

बिज्ञापन

सचिवालयकै कार्यक्रम समन्वय विज्ञमा बालकृष्ण पाण्डे, विकास विज्ञमा महेशप्रसाद नेपाल र ध्रुवराज न्यौपानेलाई सचिवालयमा नियुक्त गरेका छन् । मुख्यमन्त्रीको भित्री सल्लाहकार राजु जोशी हुन्, उनलाई पर्यटन विकास परिषद् लुम्बिनीको कार्यकारी निर्देशक बनाइएको छ । रोजी डाँगी दोभासेमा नियुक्त भएकी छिन् ।

चौधरी कतिपय राजनीतिक विषयमा पार्टी सभापति शेर बहादुर देउवाकै सल्लाह लिन पुग्छन् । केन्द्रीय सदस्य बालकृष्ण खाँण, काँग्रेस नेता योगेन्द्र चौधरी, जनक खरेल र दाङका विमल रिमाल (अर्थसम्बन्धी)सँग सल्लाह लिन्छन् ।

प्रेस सल्लाहकार भट्टराईले मुख्यमन्त्रीले विज्ञता भएका केन्द्रदेखि जिल्लासम्मका व्यक्तिहरूसँग सल्लाह लिने गरेको बताए । आफ्नो दलका मन्त्रीका साथै अन्य दलबाट मन्त्री बनेकाहरूसँग पनि मुख्यमन्त्रीले परामर्श लिने गरेको उनले बताए ।

गृह जिल्लालाई महत्त्व दिएको आरोप

मुख्यमन्त्री चौधरीले धेरै जसो गृह जिल्ला दाङवासीलाई नजिक राख्ने गरेका छन् । डा. के. सी., राजनीतिक सल्लाहकार बस्नेतदेखि सचिवालयका धेरै दाङकै छन् । बस्नेतलाई राज्यमन्त्रीसरह सेवा–सुविधा उपलब्ध गराइएको छ ।

मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन– २०७५ को दफा १० तथा अनुसूची–२ अनुसार नियुक्त गरी सचिवालयमा रहेकालाई सेवा–सुविधा दिइएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर