घाेराही प्याब्सनले जित्यो अन्तर पालिका शिक्षक भलिबलको उपाधी

दाङ, २६ फागुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा भएकाे अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि प्याब्सन घाेराहीकाे समूह `क´ले जितेकाे छ ।

प्याब्सन दाङकाे आयाेजनामा आज शनिबार दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा भएकाे प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `क´ ले उपाधि जितेकाे हाे ।

बिज्ञापन

त्यस्तै प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `ख´ उप विजेता भएकाे छ । साथै प्रतियोगितामा तुलसीपुर प्याब्सनकाे समूह `क´ तृतीय भएकाे थियाे ।

प्रतियोगितामा घाेराही प्याब्सनबाट २ , तुलसीपुर प्याब्सनबाट २ र नगर प्याब्सनबाट १ गरी ५ समूहकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रम प्याब्सन दाङका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलापका संयाेजक चक्रबहादुर रावतकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा जिल्ला अध्यक्ष मधुसुदन केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

बिज्ञापन

घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता