🎧 Radio Namaste



घाेराही प्याब्सनले जित्यो अन्तर पालिका शिक्षक भलिबलको उपाधी

दाङ, २६ फागुन ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा भएकाे अन्तर पालिका शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि प्याब्सन घाेराहीकाे समूह `क´ले जितेकाे छ ।

प्याब्सन दाङकाे आयाेजनामा आज शनिबार दाङकाे घाेराहीस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलमा भएकाे प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `क´ ले उपाधि जितेकाे हाे ।

बिज्ञापन

त्यस्तै प्रतियोगितामा प्याब्सन घाेराहीकाे समूह `ख´ उप विजेता भएकाे छ । साथै प्रतियोगितामा तुलसीपुर प्याब्सनकाे समूह `क´ तृतीय भएकाे थियाे ।

प्रतियोगितामा घाेराही प्याब्सनबाट २ , तुलसीपुर प्याब्सनबाट २ र नगर प्याब्सनबाट १ गरी ५ समूहकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रम प्याब्सन दाङका उपाध्यक्ष तथा अतिरिक्त क्रियाकलापका संयाेजक चक्रबहादुर रावतकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा जिल्ला अध्यक्ष मधुसुदन केसीले धन्यवाद ज्ञापन गरेका थिए ।

बिज्ञापन

घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर