🎧 Radio Namaste



ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

लमही ,दाङ ।

बिज्ञापन

संविधान दिवसको अवसर पारेर देउखुरी बैकर्स लमहीले आयोजना गरेको कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्टको आज समापन गरिएको छ । लमहीमा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानमा ३० गते र ३ गते भएको प्रतियोगिताको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । दाङ जिल्लामा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्था एबम कर्पोरेट हाउस बिच भएको प्रतीयोगितामा १३ टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रम पुर्ब भएको प्रतियोगिताको फाईनल खेलमा ग्लोबल आईएम ई बैंक ले कर्णाली डेभलपमेन्ट बैंकलाई २ बिकेटले हराउँदै बिजयी बनेको छ । कर्णाली बैंकले ५ ओभरमा ५८ रन बनाएको थियो । ५९ रनको लक्ष्य भेटाउदै ग्लोबल बैंकले पहिलो कर्पोरेट कपको उपाधी आफ्नो पोल्टामा पारेको हो । प्रतियोगिताकै उत्कृष्ट ब्याटसम्यान ग्लोबल बैंकका दुर्गा ओलि , बेस्ट बलर ग्लोबलका हर्क अएर र उत्कृष्ट खेलाडी सौरभ खड्का रहनु भएको छ । प्रतियोगिताको समापनको देउखुरी बैकर्सका अध्यक्ष उत्सब श्रेष्ठको सभापतित्व एबम लमही नगरपालिका वडा न १ का अध्यक्ष दामोदर पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण देउखुरी बैकर्सका सचिब सन्तोष कुवरले गर्नु भएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर