देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

लमही,दाङ ।

बिज्ञापन

देउखुरी बैकर्स लमहीको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट लमहीमा रहेको अन्तराष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको छ । दाङ जिल्लामा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्था एबम कर्पोरेट हाउस बिच हुने यस प्रतीयोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिता सुरु हुनुपुर्ब देउखुरी बैकर्सका अध्यक्ष उत्सब श्रेष्ठको सभापतित्व एबम लमही नगरपालिका वडा न १ का अध्यक्ष दामोदर पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण देउखुरी बैकर्सका सचिब सन्तोष कुवरले गर्नु भएको थियो । कार्यक्रममा सिद्दार्थ बैकका शाखा प्रबन्धक सुबास शाही, प्राइम कमर्शियल बैकका शाखा प्रबन्धक रबिन भट्टराई र माछापुच्छ्रे बैकका शाखा प्रबन्धक दिनेश बोहोरा लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेलले आगामी दिनहरुमा देउखुरी क्षेत्रमा क्रिकेट बिकास पहिलेको भन्दा अलि सुस्त गतिमा भईरहेको बताउदै यस अन्तरास्ट्रिय क्रीकेट मैदानलाई देश भरी चिनाउन आगामी दिनहरुमा यस्तै खेलहरु को आवश्यकता रहेको र आगामी दिनहरुमा मैदानलाई स्थरौन्नती गर्दै लैजानुका साथै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । भाद्र ३० गते र असोज ३ गते खेल आयोजना भएको यस प्रतीयोगिताको समापन असोज ३ गते हुने छ ।

ताजा
लमही नगर बिकास समितीलाई डस्टबिन
बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न।
स्ववियु पद्माेदयले बुझायाे ६ बुदे मागपत्र, पाँच दिनभित्र लिखित सुनुवाई गर्न ध्यानाकर्षण

संबन्धित समाचार

लमही नगर बिकास समितीलाई डस्टबिन

बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न।

स्ववियु पद्माेदयले बुझायाे ६ बुदे मागपत्र, पाँच दिनभित्र लिखित सुनुवाई गर्न ध्यानाकर्षण

ग्लोबल मनी वीक अन्तर्गत कर्णाली डेभलपमेन्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम