देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण

देउखुरी बैन्कर्स लमही दाङले आज सामाजिक उत्तरदायित्व अन्तर्गत आज गढवामा शैक्षिक सामाग्री बितरण गरेको छ । देउखुरी गढवामा रहेको जनता माध्यामिक बिद्यालयमा प्राथमिक तहमा अध्ययनरत अती बिपन्न तथा निम्न आय स्तर भएका बालबालिकाहरुलाई कापी ,किताब , झोला लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

बिज्ञापन

देउखुरी बैन्कर्स लमहीका अध्यक्ष छबीलाल भण्डारीको अध्यक्षता तथा बिद्यालयका प्र अ राम सुरत यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कार्यक्रम सम्योजक तेज बहादुर नेपालीले गर्नु भएको थियो । सो अबसरमा देउखुरी बैन्कर्स लमहीका अध्यक्ष छबीलाल भण्डारीले यस्ता कार्यक्रमले गरीब तथा बिपन्न परिवारमा खुशि ल्याउनुका साथै शिक्षा प्राप्ति मा सहजहुने तथा आगामि दिनहरुमा यस्ता बिभिन्न कार्यक्रम हरु पुन: गर्ने योजना रहेको बताउनु भयो । बिद्यालयका प्राचार्य राम सुरत यादवले देउखुरी बैन्कर्स लमहीलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण