🎧 Radio Namaste



एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।

बिज्ञापन

कीर्तिपुरमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो ।

कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिनुका साथै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन जोडेको थियो ।

बिज्ञापन

नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए । ५८ बलको सामना गरेका उनले ६ चौका हानेका थिए ।
कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्र सिंह ऐरीले १२, सोमपाल कमी र आरिफ शेखले ११/११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् । आजको खेलको बिहीबारको प्लेयर अफ दि म्याच ४२ रन सहित ५ बिकेट लिएका सन्दिप लामिछने बने ।

कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाएका थिए ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर