देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

लमही ,चैत्र १२ ।

 

बिज्ञापन

कर्णाली डेभलपमेन्ट  बैंक लमही शाखाले आज बित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । लमही नगरपालिका वार्ड न ५ कोलहीमा रहेको खिम बहादुर शाह माध्यमिक बिद्यालयमा  ग्लोबल मनि वीक को अवसर पारेर आज  कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा कर्णाली डेभलपमेन्ट  बैंक लमही शाखाका शाखा प्रबन्धक सागर थापाले   वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका  बारेमा जानकारी गराउनुभएको थियो ।

 

बिज्ञापन

 

विद्यालयका करिब पचास जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ  । कार्यक्रमले  बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी पाउँदा  हर्षित भएको सहभागी बिध्यार्थी एबम त्यहाको प्राचार्य गिरिराज न्यौपानेले धन्यवाद ब्यक्त गरेका थिए ।  । कार्यक्रममा बैंकका कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

यसैबीच कर्णाली डेभलपमेन्ट  बैंक गढवा शाखाले त्यहा अवस्थित शुभतारा बोर्डिङ स्कुलमा  ग्लोबल मनि वीक अन्तर्गत बित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न गरेको बैंकका शाखा प्रबन्धक राजन ओलिले जानकारी दिनुभएको थियो भने बैंकको सिसहनिया शाखाले पनि  सर्बोदय उच्च मा बि मा  आज  बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको शाखा प्रबन्धक हरि कृष्ण बि सि ले जानकारी गराउनु भयो ।

त्यस्तै कर्णाली डेभलपमेन्ट  बैंक भालुबाङ शाखाले शुक्रवार  लिटिल एन्जल बोर्डिङ स्कुलमा आज बिध्यार्थिको उपस्थितिमा बित्तीय साक्षरता सम्पन्न गरेको शाखा प्रबन्धक गोपाल रोकाय ले जानकारी गराउनु भएको छ ।

ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता