🎧 Radio Namaste



तुल्सिपुरको ग्रेट अरनिकोमा बित्तीय साक्षरता सम्पन्न

तुल्सिपुर,१० चैत्र ।

बिज्ञापन

 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तुल्सिपुर दोस्रो शाखा ले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । तुल्सिपुर उपमहानगरपालिका-६ मा अवस्थित ग्रेट अरनिको इङलिस बोर्डिङ स्कुल मा ग्लोबल मनि वीक अन्तर्गत कार्यक्रम सम्पन्न गरेको हो ।आफ्नो पैसाको योजना , भबिष्यको योजाना भन्ने नाराका साथ यो सप्ताह नै ग्लोबल मनि वीक भनेर गरिएको छ । कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तुल्सिपुर दोस्रो शाखाका प्रबन्धक राजन भण्डारी ले   वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

बिज्ञापन

विद्यालयका करिब पचास जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ  । कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी एबम सहजीकरण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अप्रेसन इन्चार्ज सुस्मा वलि ले  गर्नु भएको थियो  भने अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर