नेपाल इन्भेष्टमेन्ट मेगा लमहीको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लमही ,९ चैत्र ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाले आज बित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । लमही नगरपालिका वार्ड न ५ कोलहीमा रहेको रोजि बड्स बालबाटिका इङ्लिश बोर्डिङ स्कुलमा ग्लोबल मनि वीक को अवसर पारेर आज बिहिबार कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमही शाखाका शाखा प्रबन्धक छबिलाल भण्डारीले  वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

बिज्ञापन

 

विद्यालयका करिब पचास जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ  । आफ्नाे विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकाेमा विद्यालयका प्रधानाध्यापक राज कुमार यादबले नेपाल इन्भेष्टमेन्ट मेगा बैकलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अप्रेसन इन्चार्ज मधु सुदन भट्टराई ले  गर्नु भएको थियो  । कार्यक्रमको सहजीकरण मनिष सेढाई ले गर्नु भएको थियो भने अन्य बैन्किङ सम्बन्धि थप जानकारी बैंकका कर्मचारी नुमलाल गोराथोकीले गर्नु भएको थियो ।

बिज्ञापन
ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता