🎧 Radio Namaste



दाङमा आज सबारी दुर्घटना , एकजनाको मृत्यु दुई घाइते

दाङमा आज बेलुका भएको सबारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन ।

घोराही लमही सडक खण्डको कुइरेपानीमा बेलुकी  घोराही बाट  लमहीतर्फ जाँदै गरेको ०३००१ क ०१६९ नम्बरको मिनी ट्रकले प्रदेश  ०२-०६१ प ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार प्युठान नौवहिनी गाँउपालिका ६ का ३२ वर्षका राजन केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।उक्त
दुर्घटनामा निजकी श्रीमती २६ वर्षकी सन्ध्या केसी र २ वर्षकी छोरी राष्ट्रियता केसी गम्भिर घाइते भएका  छन् । घाइते दुवैजनाको घोराहि  स्थीत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको दाङका प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिएका छन् ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर