🎧 Radio Namaste



विश्वकप लिग २ मा नेपालको लगातार तेस्रो जित , नामिबिया ३ बिकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज शनिबार सम्पन्न भएको खेलमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गरेको हो ।

बिज्ञापन

घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको नेपालले आज लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो । नेपालको लागि आसिफ शेखले सर्वाधिक ८१ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले ६५ र कुशल मल्लले ६२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३९ रन बनाए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले जान ग्रीनको अविजित ७५ रन ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको थियो ।

ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा ५ विकेट गुमाएको नामिबियाका लागि जान ग्रिन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

बिज्ञापन

ग्रिनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे ।

बलिङ तर्फ नेपालका तर्फबाट सन्दिप लामिछानेले ३ बिकेट , करण के सि ले १ बिकेट लिएका थिए ।

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित