🎧 Radio Namaste



डिभाईन टेम्पल एकेडेमीमा मेगा बैंकको बित्तिय साक्षरता कार्यक्रम

कार्तिक १८,तुल्सिपुर दाङ ।

 

बिज्ञापन

मेगा बैंक नेपाल लिमिटेड तुल्सिपुर शाखाले आज डिभाईन टेम्पल एकेडेमीमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । तुल्सिपुर-६ गोलौरामा अबस्थित डिभाईन एकेडमी मा अध्ययनरत १२ कक्षाका विद्यार्थीहरुलाई सुस्मा वलिले विभिन्न खाताका प्रकार , डिम्याट खाताका बारेमा दिनुभएको थियो । ४० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा तुल्सिपुरका शाखा प्रबन्धक राजन भण्डारीले नेपालमा रहेका बैंक तथा बित्तिय संस्थाका बारेमा जानकारी राख्नुका साथै डिजिटल बैन्किङको आबश्यक्ता अनि महत्व संगै मेगा बैंक को बारेमा प्रष्ट पार्नु भएको थियो । कर्जा एबम कर्जाको उपयोगिता , कर्जाका प्रकार अनि आवश्यक कागजातका बारेमा कर्जा बिभागकि अन्जना केसि ले विद्यार्थीलाई प्रशिक्षण दिनु भएको थियो । त्यस्तै शैक्षिक कर्जा, आवश्यक कागजपत्र, फाइदा अनि प्रकृयाका बारेमा कर्जा बिभागकै केशब भण्डारीले प्रष्टयाउनु भएको थियो । उक्त कार्यक्रममा शाखाका कर्मचारी अन्जना केसि ,केशब भण्डारी , सुस्मा वलि लगायतको उपस्थिति रहेको थियो।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर