कालिकोटमा बम बिस्फोट २ जनाको मृत्यु, ३ जना घाइते

कालीकोटको तिलागुफा नगरपालिका-१० भएको  बम विस्फोटमा २ बालिकाको मृत्यु भएको छ, ३ जना घाइते भएका छन् ।

कोदोबारीमा  भएको बम विस्फोटमा स्थानीय ४ वर्षकी बालिका झरना थापाको घटनास्थलमै र ४ वर्षकी सरस्वती रानाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले जानकारी दिए ।

बिज्ञापन

बम नयाँ हो वा पुरानो भन्ने नखुलेको प्रहरीको भनाइ छ । गम्भीर घाइते हुनेहरुमा तिलागुफा नगरपालिका-१०  रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरुलाई उपचारका लागि  हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।

पाँच बालबालिका खेलिरहेको अवस्थामा एक्कासी बम विस्फोट भएको प्रहरीको भनाइ छ । खेल्न गएका बालबालिकाको साथमा हसिया रहेको खुलेको डीएसपी रिमालले जानकारी दिए । बम विस्फोट भएको जमिनमा प्वाल परेको छ र नजिकै दुई वटा बमका टुक्रा भेटिएको छ ।

प्रारम्भिक अनुसन्धानमा पुरानो बम खेलाउँदा विस्फोट भएको देखिनुका साथै घटनाको बारेमा यो भन्दा बढी केही जानकारी नआएको डीएसपी रिमाल ले बताए ।

बिज्ञापन
ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता