कार्तिक १२ ,दाङ ।
बिज्ञापन



घोराही उपमहानगरपालिका वार्ड न १८ स्थित मसिनामा अवस्थित गाउँ सुरक्षा समितिले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । गाउँमा दिन प्रतिदिन बढदै गरेको चोरी लगायत अन्य अनैतिक क्रियाकलापलाई मध्यनजर गर्दै भैलो बाट उठेको रकमले गाउँमा सुरक्षा साइरन जोड्ने लक्ष्य रहेको मुकेश भुसालले जानकारी दिनु भयो । सबैलाई सहज अनि दैनिक हिड्ने भन्दापनी कतै चोरी लगायत संवेदनशिल अनि सुरक्षाको लागि उक्त साईरन जोडन पाएमा गाउलेमा सुरक्षित भएको अनिभुती हुने भुसालको भनाई छ ।उक्त साईरनले ३५० मिटर राउण्डसम्मकाे दुरि लिनुका साथै ३० वटा माेवाईलमा अलर्ट सेट एबम म्यासेज गर्न सकिन्छ र घटना भएको खण्डमा माेवाईलबाट साईरन बज्नु का साथै पुलिसको मा पनि म्यासेज एबम अलर्ट जाने हुनाले तुरुन्तै घटनास्थलमा जम्मा हुन सकिने भुसालको भनाई छ ।