🎧 Radio Namaste



देउखुरी बैंकर्सको प्रथम अधिबेशन सम्पन्न ,प्रदिप गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन

  • देउखुरी बैंकर्सको प्रथम साधारण सभा तथा अधिवेशन शनिबार लमहीमा सम्पन्न भएको छ ।

तदर्थ समितिका अध्यक्ष तथा कुमारी बैंक लमहीका प्रमुख विजय थापाको अध्यक्षता तथा राष्ट्रिय बाणिज्य बैंकका निवृत्त मुख्य अधिकृत राजकुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा सम्वोधन गर्ने वक्ताहरुले वित्तिय सक्षरता तथा चेतना कमी भएको ठाउँमा बैंकर्सको तर्फबाट कार्यक्रम सञ्चालन गर्न जोड दिनु का साथै बैंकर अनुशासित एबम ग्राहक मैत्री हुनु पर्ने भन्दै नया चयन हुने  कार्यसमिती लाई शुभकामना पनि   दिइएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले उद्योग बाणिज्य संघ र बैंक एक अर्का संग सम्वन्धित भएकाले आर्थिक विकासका लागी मिलेर काम गर्नुपर्ने धारणा राख्नु भएको थियो ।

बिज्ञापन
  • अधिवेशनले ग्लोबल आईएमई बैंक लमहीका शाखा प्रमुख प्रदिप गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा मेगा बैंकका प्रमुख छविलाल भण्डारी, सचिवमा सिद्धार्थ बैंकका आकाश केसी, सहसचिवमा सिभिल बैंकका सन्तोष कुवँर , कोषाध्यक्षमा कुमारी बैंकका सुरज खनाल र अन्य सदस्यमा शिखर घिमिरे ,सागर थापा,मनिषा भण्डारी लगायत रहनुभएको छ  ।
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु