🎧 Radio Namaste



शाहको नेतृत्वमा अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा चलाइयाे डोजर

९ भदौ  काठमाण्डौ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको छ । यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो । यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागेका थिए । ।

बिज्ञापन

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर