🎧 Radio Namaste



शाहको नेतृत्वमा अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा चलाइयाे डोजर

९ भदौ  काठमाण्डौ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नेतृत्वमा नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाइएको छ । यसअघि बिहान सोही स्थानमा पुगेका शाहसँग घरबेटी द्विराज शर्मासँग झोक्किँदै सवाल जवाफमा उत्रिएका थिए । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।

बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङ स्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो । यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागेका थिए । ।

बिज्ञापन

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु