🎧 Radio Namaste



जि प्र का दाङले गर्याे मालिक चालक र सहचालकलाई सार्वजनिक

०७ भदौ दाङ
जिल्ला प्रहरी कार्यालय दाङले बन्दको बहानामा आफ्नै टिप्परमा आगो लगाउने टिप्पर मालिक, चालक र सहचालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका थिए। चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको थियाे ।

बिज्ञापन

प्रहरीले टिप्पर धनि जिल्ला दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ बस्ने बर्ष ४३ को धनेश्वर भण्डारी, दाङ राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरिया निवासी ३२ बर्षका चालक अरुण चौधरी र दाङ गढवा गाउँपालिका ७ चन्दनपुर निवासी १७ बर्षे सहचालक आकाश चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित