राप्ती नदीमा विद्यार्थी चढेको डुंगा नदीको बीचमा पल्टीयाे

दाङ, भदौ २ । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा विद्यालय तर्फ जादै गर्दा बिहिवार बिहान ९ बजे राप्ती नदिमा पल्टिदा सवार १९ जना विद्यार्थी घाइते भएका छन् ।

लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टा तर्फ जार्दै गर्दा विद्यार्थी चढेको डुंगा बिहिवार पल्टीएको हो । डुंगा राप्ती नदिको बीचमा जमिन सतहदेखि करिब १० मिटर टाढा पल्टिएको थियो । घाइते विद्यार्थीहरु मावि सिक्टामा कक्षा ६ देखि ९ कक्षामा अध्ययनतर विद्यार्थी रहेका छन् । ढुंगामा सवार विद्यार्थीहरुको कापी, कलम, झोला सबै राप्ती नदीले बगाएको छ।

बिज्ञापन

उद्धारपछि विद्यार्थीलाई अस्थाई स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव निरिक्षक कैलाले बताउनुभयो । नदीकोबीचमा डुंगा पल्टीएको देखेपछि स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए । क्षमता भन्दा बढी विद्यार्थी बोक्दा डुंगा पल्टीएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नायव निरिक्षक सरोजकुमार कैलाले जानकारी दिनुभयो ।

ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित

कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता